Shikhar Insurance
National Life

१० मध्ये ६ स्थानीय तहको बजेटः स्वास्थ्य र कृषि प्राथमिकतामा

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १६:२५
Hyundai
NCELL
NIMB

सल्यान । यहाँका १० स्थानीय तहमध्ये ६ वटाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चार वटाले भने यही असार १० गतेभित्र नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने प्रावधान भए पनि  सार्वजनिक गर्न सकेनन् ।

नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने स्थानीय तहमा वागचौर र वनगाड कुपिण्डे नगरपालिका तथा छत्रेश्वरी र कुमाख गाउँपालिका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विषयगत समितिको छलफल चलिरहेको र अन्य तयारी नपुगेकाले नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्ने भनेर मिति तोक्न नसकिएको बनगाड कुपिण्डेका नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिइन् ।

सदरमुकाम  रहेको शारदा नगरपालिका तथा कालीमाटी, कपुरकोट, दार्मा, त्रिवेणी  र  सिद्धकुमाख गाउँपालिकाले भने आज नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । तीमध्ये कालीमाटी र दार्मा गाउँपालिकाले आगामी आवका लागि बजेटसमेत सार्वजनिक गरेका छन् । कालीमाटीले आगामी आव २०७८/०७९ का लागि रु ५२ करोड, दार्माले रु ३९ करोड र सिद्ध कुमाख गाउँपालिकाले रु ३२  करोडको बजेट सार्वजनिक गरेका छन् ।

शारदा नगरपालिका तथा कालीमाटी, त्रिवेणी, सिद्ध कुमाख  र दार्मा गाउँपालिकाले मात्र नीति तथा कार्यक्रम ल्याएका छन् । कालिमाटी र दार्मा गाउँपालिकाले बजेट नै प्रस्तुत गरिसकेका छन् । जिल्ला  चरणको कोरोण संक्रमणबाट प्रभावित भएकाले सबै स्थानीय तहले कोरोना संक्रमण रोकथाम, स्वरोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

आगामी दिनमा समेत कोरोना संक्रमणको सम्भावना रहेकाले यसलाई प्राथमिकतामा राखिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । यस्तै कपुरकोट क्षेत्र बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र भएकाले कृषि प्राथमिकतामा परेको बताइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्