Shikhar Insurance
National Life

‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता’ विधेयकको मस्यौदा प्रतिवेदन पारित

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताउँदै उनले भने, ‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’

प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुन: छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्