काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो ।
बिहिबार ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६ रुपैयाँ संकलन भएको छ ।
बिहिबार जानकी फाइनान्स कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, नारायणी डेभलपमेन्ट बैंकको ७.२६ प्रतिशत, सुपर माई हाइड्रोपावरको ७.०५ प्रतिशत सहित २३३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्