Shikhar Insurance
National Life

३१.३१ अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब २५ करोड

सिंहदरबार संवाददाता
२०८१ मंसिर ६, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो ।

बिहिबार ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८ सय ८६ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय ७८ रुपौयँ रहेको छ ।

बिहिबार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मुल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्