Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको नयाँ भवन निर्माणको सिलन्यास, ९ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले कामनपा वडा नं. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा संचालनमा ल्याइने छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्याय ज्यूबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्