Shikhar Insurance
National Life

योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन : मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर ५, बुधबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई नि:शुल्क उपचार सेवाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नागरिकको सहभागिता हुनेगरी नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताए । उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरुले पनि सहयोग गर्नुपर्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरुले तलवबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे ।

आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, विपी कोईराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगञ्ज गरी तीन वटा अस्पतालहरुमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरुको नि:शुल्क उपचार हुने पनि मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरुलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्