Shikhar Insurance
National Life

माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उलंघनको घटनाले आममाफी पाउँदैन : ज्ञवाली

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताएका छन् ।

दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, यौन बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति नहुनेगरी कानूनी प्रावधान समेत राखिएको उनको दावी थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया: विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुर्‍याउन प्रमुख दलहरु एकठाउँमा उभिएको उनले बताए । उनले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे ।

उपमहासचिव ज्ञवालीले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्ने काममा प्रतिवद्ध भएर लागिपर्ने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्