काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गरेका छन् ।
पछिल्ला दिनमा सत्तामा टाँसिरहनका लागि राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उनले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको टिप्पणी गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया: विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरी सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने पनि जानकारी दिए ।
उपमहासचिव शर्माले तत्कालीन राज्य पक्षले दमन गरेपछि माओवादीले विद्रोह गर्नुपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्