Shikhar Insurance
National Life

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् हो : राष्ट्रपति पौडेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत भएको बताएका छन् । मंगलाबार शंखधर साख्वा:लाई राष्ट्रिय विभूति घोषणा गरेको रजत वर्षको अवसरमा आयोजित शंखधर दिवस कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएक हुन् ।

उनले ऐतिहासिक कालदेखि नेपाली जनताको धार्मिक सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आएको नेपाल संवत नेपालको राष्ट्रिय र मौलिक संवत भएको जानकारी दिए । उनले आफ्नै नामबाट स्थापित विश्वको एउटै मात्र संवत नेपाल संवत भएकाले सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताए । राष्ट्रपति पौडेलले बहुभाषिक,बहुसांस्कृतिक र बुहजातिय मुलुक नेपालको संस्कृती विविधतालाई एकताको सूत्रमा बाँध्न नेपाल संवतको भुमिका महत्त्वपूर्ण रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग लामो समय सामिप्य रहँदै आएको नेपाल संवत्काे आरम्भ गर्ने शंखधर साख्वा: लोक कल्याण एवं परोपकारी भावनाका शिखर पुरुष भएको बताए । उनले नेपाल संवतको ऐतिहासिक सम्बन्धित कर्मगाथा आफैँमा गरिमामय रहेको उल्लेख गरे । उनले लिञ्छविकालिन राजा बलदेवको समयमा ऋणमा डुबी आर्थिक संकटको सामना गरिरहेका तत्कालिन गरिब, किसान मजदुर जनतालाई शंखधर साख्वा:ले आफ्नै सम्पतिबाट ऋणबाट ऋण मुक्त गरी नयाँ नेपाल स्थापना गरी नेपाल संवत स्थापना गरेको उपलक्ष्यमा सम्वतको प्रारम्भ भएको बताए ।

उनले शंखधर साख्वा:ले स्थापना गरेका लोक कल्याणकारी कार्य तत्कालिन समाजको लागि क्रान्तिकारी कदम भएको उल्लेख गरे । उनले शंखधरकोे यो कदम आजका दिन पनि सबैका लागि पे्ररणादायी रहेको बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्