Shikhar Insurance
National Life

रुकुम पूर्वका स्थानीय तहको बजेट एक अर्ब

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १२:५०
Hyundai
NCELL
NIMB

रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५४ करोड एक लाख ३६ हजार ३५ बजेट ल्याएको छ । असार १० मा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष गोवर्द्धन बुढाले नवौँ गाउँसभामा आगामी आव २०७८/७९ को बजेट सार्वजनिक गरेका हुन् ।

चालुगततर्फ रु ३३ करोड ३४ लाख ७८ हजार ३५ र पूँजीगततर्फ रु २० करोड ६६ लाख ५८ हजार बजेट रहेको छ । सङ्घीय सरकार समानीकरण अनुदानको रु ११ करोड ४२ लाख, सङ्घीय सरकार सःशर्त अनुदानको रु २२ करोड ५६ लाख र सङ्घीय सरकार राजश्व बाँडफाँटतर्फ रु सात करोड ४१ लाख ६९ हजार बजेट रहेको छ । प्रदेश सरकार समानीकरण अनुदानको रु ५३ लाख ६३ हजार, प्रदेश सरकार सःशर्त अनुदानको रु ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदान रु ६० लाख तथा प्रदेश सरकारको समपूरक अनुदान रु एक करोड ५० लाख बजेट छ । यस्तै प्रदेश सरकार राजश्व बाँडफाँटको रु ५२ लाख ६० हजार ३५ र गाउँपालिकाको राजश्व अनुमान रु एक करोड पाँच लाख रहेको बजेटमा उल्लेख छ । सिस्ने गाउँपालिकाले चालु आवको तुलनामा आगामी आवका लागि लगभग रु एक करोड ५० लाख बढाएर बजेट ल्याएको छ । गत चालु आवको रु एक करोडभन्दा बढी बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी भूमे गाउँपलिकाले आगामी आवका लागि रु ४९ करोड ९१ लाख ८१ हजार ८८१ विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले आगामी आव २०७८/७९ का लागि असार १० मा गाउँसभाको नवौँ अधिवेशनमा रु ४९ करोड ९१ लाख ८१ हजार ८८१ प्रस्तुत गरेको हो । कूल विनियोजन गरिएको बजेटमध्ये चालुतर्फ रु २९ करोड ४९ लाख ७५ हजार ५०१ अर्थात् ४९ दशमलव २५ प्रतिशत र पूँजीगततर्फ रु २० करोड ३४ लाख छ हजार ३८० अर्थात ४० दशमलव ७५ प्रतिशत विनियोजन गरिएको उपाअध्यक्ष बुढाले बताए । आन्तरिक राजश्वबाट रु ६१ लाख ७८ हजार, राजश्व बाँडफाँटबाट रु आठ करोड २९ लाख ५२ हजार ७३० तथा गत वर्षको मौज्दात रु दुई करोड ५० लाख गरी आन्तरिक आयबाट जम्मा रु ११ करोड ४१ लाख ३० हजार ७३० तथा २२ दशमलव ८६ प्रतिशत रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले ११औँ गाउँसभामार्फत आव २०७८/७९ का लागि रु ४६ करोड ३९ लाख ८४ हजार ३०० कूल बजेट सार्वजनिक गरेको छ । चालु आवको भन्दा करिब रु तीन करोड बजेट वृद्धि भएको छ । चालु आवमा पुथाउत्तरगङ्गाले रु ४३ करोड बजेट कार्यान्वयन गरिरहेको छ । यस्तै आगामी आवका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ५० लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु १० करोड ७८ लाख, सङ्घीय सरकारको सःशर्त अनुदान रु २० करोड ७५ लाख, सङ्घीय सरकारको विशेष अनुदान रु एक करोड ९१ लाख बजेट प्रस्तुत गरिएको छ ।

रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्