Shikhar Insurance
National Life

सानिमा बैंकले पारित गर्‍याे ५.२६ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ४ गते मंगलबार २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकको २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजीकोष १३.२१ प्रतिशत, तरलता २९.२१ प्रतिशत र कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.५३ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्