काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३०९ कम्पनीको कारोबार हुँदा २ करोड २५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ८९ लाख ८८ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १९ रुप्ैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्