काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५१.११ अंकले घटेर २७०२.६५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३१० कम्पनीको कारोबार हुँदा २ करोड २५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ८९ लाख ८८ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय १९ रूपैयाँ पुगेको छ ।
मंगलबार २० कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको सेयर मुल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, मंगलबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्