Shikhar Insurance
National Life

सेयर बजार राताम्य हुँदा पनि आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ मा पुगेको हो ।

मंगलबार ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोेड ८३ लाख २० हजार रुपैयाँ बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजार राताम्य भए पनि एक कम्पनीको सेयरमा भने सकरात्मक सर्किट लागेको छ । आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो । त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैंको ७.२७ प्रतिशत, गुराँस लघुवित्तको ५.८४ प्रतिशतसहित ४५ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्