Shikhar Insurance
National Life

बढ्यो विदेशी मुद्रा संचिति, साढे १७ महिनाको वस्तु आयात धान्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १३:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । विदेश जाने नेपालीको संख्यासँगै रेमिट्यान्स बढेपछि वैदेशिक मुद्रा संचिति पनि बढेको हो ।

असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९३ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात ४.२ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले घटेको छ ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढेको छ ।  शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ । नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले वढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्