Shikhar Insurance
National Life

कात्तिकमा ३७ अर्ब ८६ करोड उठ्यो आन्तरिक राजस्व, पोहोर भन्दा १६.१२ प्रतिशतले बढ्यो कर असुली

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिक महिनामा ३७ अर्ब ८६ करोड १९ लाख ७४ हजार आन्तरिक राजस्व संकलन भएको छ । विभागले लिएको ४५ अर्ब ८९ करोड ४७ लाख ४३ हजार लक्ष्यभन्दा ८ अर्ब ३ करोड २७ लाख ६९ हजार कम राजस्व असुली भएको हो ।

चालु वर्षको कात्तिक महिनासम्म विभागले १ खर्ब ५० अर्ब ९५ लाख राजस्व असुली गरेको छ । तर यो अवधिमा विभागले लिएको लक्ष्य भन्दा २९ अर्ब १९ करोड ८९ लाख कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा विभागले १६.१२ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभागले लिएको ७ खर्ब १ अर्ब राजस्व संकलन जसरी पनि पुरा गर्नुपर्ने रटान लगाइरहेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसको दिन आयोजना गरेको कार्यक्रममा पनि मन्त्री पौडेलले विभागका कर्मचारीहरुको कार्यक्षमता प्रति असन्तुष्टी व्यक्त गरेका छन् । मन्त्री पौडेलले ७ सय १ अर्ब राजस्व संकलन नभए मन्त्री कर्मचारी कोहि पनि सुरक्षित नहुने बताउँदै आएका छन् ।

कुन शिर्षकमा कति उठ्यो राजस्व ?

चालु वर्षको ४ महिनामा विभागले आयकर शिर्षकमा ५० अर्ब ३५ करोड राजस्व संकलन गरेको छ । यो अवधिमा विभागले ६४ अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) शिर्षकमा ४१ अर्ब ४४ करोड राजस्व संकलन भएको छ ।

यो शिर्षकमा ५१ अर्ब १ करोड राजस्व असुल गर्ने लक्ष्य विभागको थियो । यस्तै, अन्तशुल्क आन्तरिक तर्फ ३७ अर्ब ४८ करोड राजस्व असुल भएको छ । यो शिर्षकमा विभागले ३९ अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

बहाल कर शिर्षकमा ६८ करोड ३१ लाख राजस्व असुली हुँदा ब्याजकर शर्षकमा १४ अर्ब ९ करोड राजस्व असुल भैसकेको छ । यसैगरी, स्वास्थ्य सेवा शुल्क २ अर्ब ५ करोड राजस्व संकलन भएको छ । शिक्षा क्षेत्रबाट १ अर्ब ११ करोड राजस्व संकलन हुदाँ अन्य शिर्षकबाट ३ अर्ब ७२ करोड राजस्व संकलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्