एजेन्सी । इजिप्टको सबैभन्दा ठूलो सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रदर्शनी काइरो आईसीटी एक्स्पोको २८ औँ संस्करण ४० सय भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय प्रदर्शकहरूको साथ शुरु भएको छ । इजिप्टको राजधानी कायरोमा पाँचदिने कार्यक्रमको उद्घाटन इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोली र केही मन्त्रीहरूले गरेका हुन् ।
प्रधानमन्त्रीले इजिप्ट सरकारले डिजिटल रूपान्तरणलाई अगाडि बढाउन, डिजिटल पूर्वाधारको विकास गर्न र डिजिटल सरकारी सेवाहरूको दायरा बिस्तार गर्न प्रयास गरिरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्