Shikhar Insurance
National Life

एनआईसी एशियाको टिकटक च्यालेन्ज, १५ हजार जित्ने मौका

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ असार ६ देखि साउन ५ सम्म सञ्चालन हुने प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार रुपैयाँबराबरको उपहारहरू जित्न सकिने तथा एक जना सहभागीको एक भन्दा बढी भिडियो छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो च्यालेन्जमा सहभागी हुन सहभागीले बैंकको आधिकारिक टिकटक पेज फलो गरेको हुनुपर्नेछ । सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्नेछ ।

अपलोड भएका ६ वटा थिमका भिडियोमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडियो विजयी हुनेछन् । विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्