Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंक डाक्यो मंसिर २५ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेले साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट सेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव पारित गर्न ३८ औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

बैंकले सभा मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुक क्लेज गर्ने निर्याण गरेको छ । जसअनुसार मंसिर ५ गतेसम्म कायम सेयरधनीहरुले सभामा सहभागि हुन पाँउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्