Shikhar Insurance
National Life

चिया निर्यात ६९ प्रतिशतले बढ्यो, चालु आवमा ४ अर्ब ७२ करोड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ मंसिर ४, मंगलवार १०:११
Hyundai
NCELL
NIMB

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना ९साउन–कात्तिक० मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७.८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१.४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७.९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिइ । उनका अनुसार भेनियर सिटको निर्यात दुई सय ४१.९४ र प्लाइउडको निर्यात २९.६३ प्रतिशले बढेको छ ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म ४ अर्ब ७२ करोड सात लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७.२२ प्रतिशत हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्