काठमाडौँ । उद्योग सचिव कृष्ण राउतले अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेको बताएका छन् । उनले उद्योग वाणिज्य महासंघले आयोजना गरेको `नवप्रवर्तन संवाद´ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले स्टार्टअप नवप्रवर्तनमा जोड दिनुपर्ने उल्लेख गरे । उनले भने, `सरकारले गत वर्षदेखि स्टार्टअप सुरु गरेको छ । गत वर्ष स्टार्टअप कर्जाका लागि २५ करोड बजेट छुट्याएको थियो ।
चालु आवमा १ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य सरकारले लिएको छ। ‘साना व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो । यसले करिब ३२ लाख रोजगारी दिएको छ । देशको आर्थिक सुधारमा महत्वपूर्ण योगदान छ ´ उनले भने । उनले देशको अर्थतन्त्र सुधारका लागि नवप्रवर्तनलाई जोड दिनुपर्ने धारणा व्यक्त ग
प्रतिक्रिया दिनुहोस्