Shikhar Insurance
National Life

‘कर प्रणाली सरल व्यवसायमैत्री र करका प्रकृयाहरु पारदर्शि बनाउनु पर्छ’ चन्द्रप्रसाद ढकाल

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार १२:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । Preparing Businesses for LDC Graduation through Innovation” यस विषयलाई मुख्य आधार बनाइ आयोजना गरिएको यस कार्यक्रममा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु । निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको यस महासंघले करिब ६ लाख उद्योगी व्यवसायिहरुको प्रतिनिधित्व गर्दछ ।

जसमा अधिकांश घरेलु, साना तथा मझौला उद्योग रहेका छन् । यो क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । मुलुकमा लामो समयदेखि विद्यमान मागको कमीका कारण धेरै साना मझौला उद्यम वन्द भएका छन भने चलिरहेका उद्योग पनि समस्यामा छन् । कर्जाको माग नहुनु यसको एउटा उदाहरण हो । यसैबीच नेपाल सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नती हुने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वदेशमा माग घटेका बेला विदेशी बजार खोज्नुपर्ने हाम्रो आवश्यकता हो । स्तरोन्नती भए पश्चात एकातर्फ विश्वसामु नेपालको प्रतिष्ठा बढ्ने, वैदेशिक लगानी बढ्ने जस्ता दुरगामी फाइदा हुन्छ भने अर्कोतर्फ युरोपियन मुलुकहरुमा निर्यात हुने भन्सार रहित बजार पहुंच साथै अतिकम विकसित मुलुकले पाउने विकास सहायता अन्तरगतका सुविधाहरु बन्द हुने सम्भावना रहेको छ । यसबाट विदेशी बजार पनि गुम्दै जाने खतरा हामी सामु छ ।

अति कम विकसित मुलुकको रुपमा नेपालले पाउंदै आएका सेवा सुविधाहरु बन्द हुंदा नेपालको बजारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था देखिन्छ, यसको निराकराणका लागि अपनाउनुपर्ने उपायहरुबारे छलफल गर्न सरोकारवाला विज्ञहरुको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको हो । स्तरोन्नतिबाट कम घाटा भै फाइदा लिन योजना आयोगले रणनीति बनाएको छ । तर उक्त रणनीतिको आधार कमजोर छ । रुल्स अफ ओरिजिनका कारण हुने जोखिमलाई यसले समावेश गर्न सकेको छैन । आगामी दिनमा बजार बढनुपर्नेमा हालकै अवस्था कायम राखी असर पर्ने अध्ययनहरुलाई आधार रणनीतिले बनाएको छ ।

उक्त रणनीतिका धेरै बिषयमा छुट्टै छलफल आवश्यक छ । तर पनि अब हामी पछाडि फर्किने अवस्था छैन । व्यवसायमा नवप्रवर्तन बढाइ बजार बढाउनुको हामीसंग विकल्प छैन । सूचना प्रविधिको क्षेत्रलाई बढाउनुपर्नेछ ।

हाल नेपाली वस्तुहरुको अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा बढ्दै गएको छ, यो एउटा चुनौतिको विषय हो, यस अवस्थामा उद्योगीले बजारको माग अनुसारका गुणस्तरीय वस्तु उत्पादन गर्न सक्नु पर्दछ । यसका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउनु पर्ने राष्ट्रको मुख्य दायित्व रहेको हुन्छ ।

LDC Graduation को परिवेशमा विश्व प्रतिस्पर्धामा आउन नयां नयां innpvation सोचका साना मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै संचालित उद्योग व्यवसायहरुलाई पनि नयां nnovativ सोचबाट अघि बढाउनु पर्ने आवश्यकता भएको छ । यसरी व्यवसाय विस्तार गर्न सकियो भने, अर्थतन्त्रको विकासमा नयां अवसरहरु सिर्जना हुनेछन, नवप्रवर्तनले लागत घटाइ व्यवसाय विस्तार हुनुका साथै उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने एउटा महत्त्वपूर्ण माध्यम बन्ने हाम्रो विश्वास छ ।

यस महासंघमा पनि Innovative स्टार्टअपको विकास एवं प्रवर्द्धनमा सघाउ पुर्‍याउन स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरिएको छ, यो फोरममार्फत Innovative स्टार्टअप एवं MSMEs का नीतिगत व्यवस्थाहरु, प्रक्रियागत सहजता देखि लिएर क्षमता अभिबृद्धिका विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया, सेमिनार, लगानीमा पहुंच, बजार विस्तारसम्मका विषयहरुमा नेपाल सरकार, दातृ निकाय एवं सरोकारवाला निकायहरुसंग छलफल एवं सहकार्य गर्दै आएको छ । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको विस्तारका लागि काम गरिरहेको छ भने लगानी तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले लगानी विस्तारमा काम गरिरहेको छ । यसैगरि निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको छ ।

महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धनका लागि महिला उद्यमी समिति छ । आजको कार्यक्रममा यी समिति र फोरमहरुले मुख्य संयोजन गरेका छन् । अमेरिकी दुतावासको सहयोगमा महासंघले आइ हव स्थापना गरेको धेरै बर्ष भएको छ । दुतावास र आइ हवले आजको कार्यक्रम संचालन गर्न सहयोग उपलब्ध गराएको छ । यहाँ हामी नीति र व्यवहारिक कठिनाइका बारेमा छलफल गर्नेछौ ।

हाल अधिकांश युवा एवं विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्, यस अवस्थामा उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाई बढि भन्दा बढि रोजगारी सृजना गर्नु पर्दछ । हाल विभिन्न निकायहरुमा उद्यम व्यवसाय दर्ता गर्नुपर्ने प्रावधान भएकोले झन्झटिलो अवस्था सृजना भएको छ, यसको सहजताको लागि एकै ठाउँमा दर्ता हुने गरि स्थानिय निकायहरुलाई अधिकार दिइनु पर्दछ ।

साथै केन्द्र, प्रदेश र स्थानीय तहमा लाग्ने कर फरक भएतापनि बुझाउने व्यवस्था एकै स्थानमा गरिनु पर्दछ । स्टार्टअप, MSMEs लगायत महिला उद्यमीशीलता बिकासका लागि विभिन्न नीतिगत विषय देखि लिएर क्षमता अभिबृद्धिका तालिमहरु, कर्जामा पहुँच, प्रविधिको प्रयोग, दक्ष जनशक्ति, वस्तुको गुणस्तर साथै बजार विस्तारसम्मका विशेष कार्यक्रम प्याकेजका रुपमा संचालनमा ल्याइनु पर्दछ । नेपालमा विकासको सम्भावना भएको ठूलो क्षेत्र भनेको पर्यटन क्षेत्र हो, यसका लागि पर्यटकको आवागमनमा सहजता ल्याउनु पर्दछ ।

देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनु पर्दछ, करका प्रकृयाहरुमा पारदर्शि बनाई कम दरमा कर उपलब्ध गराउन सक्नु पर्दछ, आयात–निर्यात प्रक्रियालाई सरल बनाउनु पर्दछ । अनधिकृत आयात रोक्न सबै तहबाट प्रयास हुनुपर्छ । नीतिगत स्पष्टता, स्थिरता र शीघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्नु आवश्यक छ । यी सबै कुराहरुप्रति माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । शुसासनमा सुधार गरि युवाहरुलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्छ ।

(‘Preparing Businesses for LDC Graduation through Innovation’कार्यक्रममा महासंघ अध्यक्ष ढकालले राखेको विचार)

 

GBIME

प्रतिक्रिया दिनुहोस्