काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले राजिनामा दिएका छन् । विशेष अदालतबाट सफाई पाएसँगै अर्यालले राजिनामा दिएका हुन् ।
स्रोतका अनुसार अर्यालको राजिनामा मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्नेछ । मुख्य सचिव अर्याल निलम्बनमा परेसँगै उनको राष्ट्रिय योजना आयोगमा सरुवा भएको थियो । अर्यालले आयोगमा एक दिन हाजिर गरेपछि राजिनामा दिएका हुन् ।
अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायार गरेको थियो । सो मुद्दामा कार्तिक १४ गते फैसला गर्दै अर्याललाई निर्दोष ठहर गरेको थियो ।
अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको थियो ।
उक्त प्रकरणमा ११ व्यक्ति र एक कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्