काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ४० लाख ६१ हजार ४ सय २९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानून बमोजिम अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री खुल्लन गर्न एक सूचनामार्फत जानकार ीदिएको छ ।
प्रतिक्रिया दिनुहोस्