Shikhar Insurance
National Life

जीवन विकास लघुवित्तको आईपीओ आजदेखि, १९ लाख कित्तामा कति भर्ने ?

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार ०८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको आईपीओ खुलेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार मूल्यको आईपीओमा आजबाट आवेदन खुला गरेको हो । सेयरका लागि असार १५ गतेसम्म आबदेन दिन सकिन्छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । ४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ । संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

कुल निष्काशनमध्ये ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन सकिन्छ । न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्