Shikhar Insurance
National Life

बाढीपीडितलाई पशु–सुरक्षण बीमा रकम प्रदान

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १५:५५
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बीमा रकम प्रदान गरिएको छ ।

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक बीमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले २५ किसानलाई सामुहिक पशु बीमा बापतको रु २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए । उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले ४ लाख १८ हजार रकम पाएका छन् । क्षतिको मुल्याङ्कनमा कम बीमा रकम पाउनेमा ३० हजारस्म्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका  हुमागाईंले जानकारी दिए । उनका अनुसार संस्थाको विपद् कोषमा १ करोड २० लाख बिमा रकम सञ्चित रहेको छ । संस्थाले १ लाख बीमा बराबरको वार्षिक १ हजार दुई सय किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्