Shikhar Insurance
National Life

गत वर्षभन्दा २८.६७ प्रतिशतले बढ्यो घरजग्गा किनबेच, कात्तिकमा मात्रै ३३ हजार वटा कारोबार

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिक महिनामा देशभरका मालपोत कार्यालयहरुबाट ३३ हजार ५ सय १४ वटा घरजग्गा लिखत पारित भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ७ हजार ४ सय ६८ वटा अर्थात २८.६७ प्रतिशतले बढी लिखत पारित भएको हो ।

गत आव २०८०/८१ को सोही अवधिमा देशभरका कार्यालयहरुले २६ हजार ४६ वटा घरजग्गा लिखत पारित गरेको थियो । त्यस्तै, कात्तिक महिनामा ३ हजार ३ सय ६२ वटा नामसारीको काम भएको छ भने ६ हजार ९ सय ८५ वटा संशोधन भएको भूमि व्यवस्थापन तथा अभिलख विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिकमा २ हजार ११५ वटा हालसाबिक हुँदा २५ हजार ३० वटा जग्गा रोक्का र २१ हजार ८ सय ५ वटा जग्गा फुकुवा भएका छन् । कात्तिक महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले कात्तिकमा १ हजार २ सय ४६ वटा जग्गा लिखत पारित गरेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा बेलवारी मोरङ रहेको छ । मालपोत कार्यालय बेलवारीले कात्तिक महिनाभरीमा १ हजार १ सय १२ वटा घरजग्गा लिखत पारित गरेको छ । त्यस्तै, जनकपुरधाम, धनुषाबाट १ हजार २४ वटा, राजविराज, सप्तरीबाट १ हजार २२ वटा, भद्रपुर, झापाबाट ९ सय ९८ वटा, धनगढी कैलालीबाट ८ सय ६३ वटा र मलंगवा, सर्लाहीबाट ७ सय ४७ वटा घरजग्गा लिखत पारित भएका छन् ।

त्यस्तै, सिराहबाट ७ सय १२ वटा, नेपालगञ्ज, बाँकैबाट ७ सय ४ वटा, तौलिहवा, कपिलबस्तुबाट ट सय ८४ र बुटवल रुपन्देहीबाट ६ सय ८१ वटा लिखत पारित भएका छन् ।

यी हुन् सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यालय

कात्तिक महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय लगनखेल, ललितपुरले राजस्व उठाउन सफल भएको छ । ललितपुर कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा २७ करोड २० लाख १४ हजार २ सय ६९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा मालपोत कार्यालय ललितपुरले २० करोड ८२ लाख ८७ हजार ३ सय ४९ रुपैयाँ राजस्व उठाएको थियो । कात्तिक महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्ने दोस्रो स्थानमा मालपोत कार्यालय चावहिल, काठमाडौं रहेको छ । चाहविलले कात्तिकमा २३ करोड २० लाख ३८ हजार ८ सय ७२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय भक्तपुरले १९ करोड २७ लाख ८१ हजार ९ सय ५६ रुपैयाँ, कलंकी, काठमाडौं १८ करोड ४५ लाख ४९ हजार ५७० रुपैयाँ, डिल्लीबजार, काठमाडौंले १७ करोड २२ लाख ४७ हजार २ सय ८५ रुपैयाँ राजस्व उठाएको छ ।

कात्तिकमा कास्की कार्यालयले १२ करोड ९४ लाख ७८ हजार ६ सय १४ रुपैयाँ, चितवनले ८ करोड ७९ लाख ७६ हजार ७८६ रुपैयाँ र बुटवल रुपन्देही ६ करोड ६४ लाख ९० हजार ३२१ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्