काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३२६ कम्पनीको कारोबार हुँदा २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ कित्ता रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड १७ लाख १० हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ७१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्