Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम ११ अर्ब ७२ करोड माथि

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ४.९८ अंकले बढेर २७५३.७६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आइतबार ३२६ कम्पनीको कारोबार हुँदा २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ कित्ता रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार नाङदी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोड १७ लाख १० हजार बढी रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ७१ पुगेको छ ।

आइतबार १४५ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको सेयर मुल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्