काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिन (शुक्रबार) १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १०० रुपैयाँले नै घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, अघिल्लो दिन प्रतितोला १ हजार ९ सय १० रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ५ रुपैयाँमा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्