Shikhar Insurance
National Life

भुटानले बिक्री गर्यो साढे ३३ मिलियन डलरको बिटक्वाइन, १ बिलियन डलर बराबरको होल्डिङ

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार ०९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । भुटान सरकारले प्रमुख क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समार्फत करिब ३३.५ मिलियन अमेरिकी डलर बराबरको ३६७ बिटक्वाइन (बीटीसी) बेचेको छ । ब्लकचेन एनालिटिक्स फर्म अर्खम इन्टेलिजेन्सका अनुसार अक्टोबर १३ मा बिटक्वाइन ९० हजार डलरभन्दा बढीको इन्ट्राडे उच्च बिन्दुमा पुगेको समयमा भुटानले बिटक्वाइन बिक्री गरेको हो ।

बिटक्वाइन उच्च बिन्दुमा पुगेको बेला भुटान सरकारले बिक्री गरेको हो । पछिल्लो बिक्रीबाट भुटानले मनग्य आम्दानी गर्न सफल भएको याहु फाइनान्सले उल्लेख गरेको छ ।  हालैका हप्ताहरूमा भुटानको लागि दोस्रो महत्त्वपूर्ण बिटक्वाइन बिक्री गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भुटानले १२ हजार २ सय ६  बिटक्वाइन होल्ड गर्ने गर्छ । यो ड्रक होल्डिंग र इन्भेस्टमेन्ट्सको व्यवस्थापन को अधीनमा छ, जसको मूल्य लगभग १.१ बिलियन डलर बराबर हो।

भूटानमा विद्युतको उपलब्धता बढेसँगै बिटक्वाइनमा लगानी बढाइरहेक छ ।  संयुक्त राज्य अमेरिका, चीन, संयुक्त अधिराज्य बेलायत र युक्रेनपछि भुटान बीटीसी भएका देशहरूमध्ये पाँचौं स्थानमा छ। अन्य राष्ट्रहरूले पनि वर्तमान बुल बजारबाट लाभ उठाइरहेका छन्। नेपालमा डीजिटल करेन्सीले मान्याता पाउन नसकेको अवस्थामा भुटानले भने बिटक्वाइन क्रिप्टोकरेन्सीबाट मनग्य लाभ उठाइरहेका छन् ।

के हो बिटक्वाइन ?

विश्वव्यापी वित्तीय सङ्कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एकदुई जना अज्ञात व्यक्तिहरु, जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो, ले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे ।

श्वेतपत्रमा भनिए झैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र विना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो । यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो । यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो ।

कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्याँक केन्द्रको जरुरत हुन्थ्यो । र यसका निम्ति क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो ।

बैंक र पे पल बाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन् । सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन् । नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्