काठमाडौं । आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगम बोर्ड बैठकले डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट १५ नोभेम्बर २०२४ ( कात्तिक ३०, २०८१) मा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । नयाँ खरिद मूल्य अनुसार निगमका लागि प्रति लिटर पेट्रोलमा रु.०.३२ र डिजेलमा रु. २.५४ ले बढेर आएको छ। बढेको मूल्य मंसिर १ गते बिहान ००:०१ बजेदेखि लागु हुनेछ ।
निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्