Shikhar Insurance
National Life

मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार १७:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले कार्यक्रममा कर्मचारी टे्रड युनियनका प्रतिनिधिहरुले उठाएका विषयहरु गम्भिर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिए । उनले नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि मिस म्यानेजमेण्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको जानकारी दिए । उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गरे ।

उनले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेको जानकारी दिए । उनले उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न सुरु गरेको बताए । उनले बैंकहरुले ग्राहकहरुलाई नचाहिँदो किसिमको दु:ख नदिन निर्देश दिँदै बैंक तथा वित्तीय संस्थाका कार्यालयहरुलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक रहेको जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्