काठमाडौं । जीवन बीमा कम्पनीहरु नाफामा उल्लेखनिय सुधार देखिएको छ । चालु आर्थिक वर्षको ०८१/०८२ को पहिलो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीहरुको नाफा १८.६२ प्रतिशतले सुधार भएको देखिएको हो ।
जीवन बीमा कम्पनीहरुले चालु आवमा ३ महिनामा १ अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, गत आवको सोही अवधिमा भने कम्पनीहरूले १ अर्ब ६२ करोड २० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएका थिए ।
३ महिनामा सर्वाधिक नाफा कमाउनेको पहिलो नम्बरमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले तीन महिनामा २५ करोड ३७ लाख ५५ हजार कमाएको छ । कम्पनीको गत आवमा भन्दा ५.१२ प्रतिशत धेरै रहेको छ । गत आव कम्पनीले २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफा धेरै कमाउनेको दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले तीन महिनामा २० करोड ५४ लाख रुपैयाँ बढी नाफा कमाएको छ भने गत आव १५ करोड ७९ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । नाफा धेरै कमाउनेको तेस्रो नम्बरमा भने रिलायबल लाइफ इन्स्योरेन्स रहेको छ ।
कम्पनीले सोहि अवधिमा १९ लाख ९३ हजार ८८ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आव सोहि अवधीका कम्पनीले ११ करोड ९४ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफा कमाउने चौथो नम्बरमा भने सन नेपाल लाइफ रहेको छ । कम्पनीले १६ करोड ६६ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ भने गत आव सोहि अवधिमा कम्पनीले १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
नाफा धेरै कमाउनेको पाँचौ नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु ३ महिनामा १४ करोड ५० लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत आव सोहि अवधिमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिटिजन लाइफले ३ महिनामा १३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आव सोहि अवधिमा कम्पनीको नाफा ७ करोड १४ लाख ८५ हजारु रुपैयाँ नाफा कमाएको थियो ।
सोहि अवधिमा नेशनल लाइफले चालु आव ३ महिनामा १३ करोड ३८ लाख ८५ हजार रुपैयाँ कमाएको छ भने गत आव सोहि अवधिमा कम्पनीले १३ करोड २ लाख ५८ हजार रुपैयाँ कमाएको थियो । एशियन लाइफले ३ महिनामा १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ भने सानिमा लाइफ इन्स्योरेन्सले सोहि अवधिमा १३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।
साथै, प्रभु महालक्ष्मी लाइफले ३ महिनामा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने सुर्य ज्योति लाइफले चालु आवको ३ महिनामा ११ करोड ५३ लाख रुपैयाँ कमाएको छ । मेट लाइफ इन्स्योरेन्सले सोहि अवधिमा ९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने एलआइसी नेपालले ३ महिनामा ७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ ।
साथै, राष्ट्रिय जीवन बीमा कम्पनीले प्रथम त्रैमासिकको ३ महिनामा २२ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
कुनको कति नाफा
प्रतिक्रिया दिनुहोस्