काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायमा कार्यरत कर्मचारीहरुले सरुवा हुनु अघि आफूले गरेको कामको सबै विवरण बुझाउनु पर्ने भएको छ । आयोग तथा मन्त्रिपरिषद कार्यालयले सबै सरकारी अड्डामा पत्राचार गर्दै कर्मचारीहरुले रमाना लिनु अघि नै सबै विवरण बुझाउनु पर्ने उल्लेख गरेको हाे ।
सरुवा हुने कर्मचारीहरुको भागमा परेको कामकारवाही सम्बन्धी कागजात तथा जिन्सी सामग्रीहरु उक्त निकायबाट सरुवा हुनु अगावै बरबुझारथ गर्नुपर्ने व्यवस्था छ । कर्मचारीले उक्त बरबुझारथ नै नगरी रमाना लिई सरुवा भई जाने गरेको प्रवृत्ति देखिएकोले आयोग आक्रोशित बनेको हो ।
आयोगले २०७९-१०-१६ मा दर्ता भएको उजुरीमा अनुसन्धान गर्दा ऐन तथा दफा बमोजिम सबै मन्त्रालय र अन्तर्गतका निकायहरुलाई प्रदान गर्ने भनि आयोगको २०८१-०६-१० गते निर्णय भएको थियो । सो निर्णय अनुसार आयोगले कार्यविधि २०७८ को दफा २५ को खण्ड (ख) को उपखण्ड ९१० को प्रयोजनार्थ सुझाव प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्