Shikhar Insurance
National Life

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुन:लेखन गर्नुपर्छ : शेखर कोईराला

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं नेता डा.शेखर कोईरालाले संविधानलाई अक्षरश: पालना गरेर कानून बनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको जानकारी दिए । उनले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताए । उनले सामाजिक सञ्जाल विधेयक पुन:लेखन नै गर्नुपर्ने माग गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्