Shikhar Insurance
National Life

सरकारप्रति लक्षित गर्दै नेपालले भने, ‘गर्नेले ९ महिनामा नै काम गरेर देखाउँछ’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको मुल समस्या सरकारको अस्थिरता नभएको बताएका छन् । बिहिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन् ।

उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे । नेपालले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताए । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गरे ।

उनले भने, ‘हाम्रो देशको समस्याको मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी उदाहरण पेश गरेका छौँ । गर्नेले छोटो समयमै काम गर्छ । हाम्राले प्रचार गर्न चाहँदैनन् वा थाहा नै पाउँदैनन् । मान्छे काँग्रेस पार्टीका रहेछन्, तपाईंले यति शानदार बाटो बनाउनु भएछ, त्यहाँ म गाडी लिएर जाँदा त कस्तो आनन्द भयो ।’

‘अर्को एक जना तराईको हुलाकी राजमार्गमा जानुभएको रहेछ । त्यहाँ सोध्दा उनीहरुले भने, माधव नेपाल प्रधानमन्त्री हुँदा नै भारतको प्रधानमन्त्रीसँग हुलाकी राजमार्गको निम्ति आर्थिक सम्झौता र निर्माणको काम अघि बढ्यो । यो बाटो हेर्नुस् । शानदार बाटो’ उनले व्यक्त गरे ।

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरे । मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको उल्लेख गरे । राजतन्त्रका बिरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको भन्दै उहाँले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गरे ।

उनले थपे, ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । बिरोध गरेर हिँडेका थिए ।’

अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताउँ भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्