Shikhar Insurance
National Life

सरकारले बुटवल-नारायणगढ निर्माणको भुक्तानीमा तलमाथि गरेको छैन : दाहाल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन् । बिहिबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताए । दाहालले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको जनाउँदै समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने एसएमएस पठाएको बताए ।

दाहालले भने, ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौं । तर काम थालनी भएको छैन । एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्‍यौं । निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौं भनिरहेको थियो ।’

निर्माण कार्यमा सरकारले भुक्तानी दिने काममा तलमाथि नगरेको उनको दाबी छ । पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको र डिसेम्बरको अन्तिमसम्ममा काम शुरु गर्ने उनले जनाए । उनले डिसेम्बरबाट सडक निर्माणको काम थलनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्