Shikhar Insurance
National Life

मन्त्री पौडेलको प्रश्न- निर्मला पन्तको हत्यारा को हो ? किन पत्ता लागेन ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १६:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दु:ख व्यक्त गरेका छन् । बिहिबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गरेका हुन् ।

उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताउँदै प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए । उनले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको जनाउँदै इमर्जेन्सी सेवा सबैलाई नि:शुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गरे । उनले भने, ‘उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । तर हामीले गरेको निर्णयलाई व्यवहारिक ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न सकेका छैनौँ । निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन ।’

‘बलात्कारको घटना त एकदमै धेरै भइरहेको जस्तो देखिन्छ । महिला अधिकारको सम्बन्धमा नेपाल यस्तो देश हो, जुन देशमा पाल्र्यामेण्ट समावेशी छ । सबै पक्षमा समावेशी व्यवस्था सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । इमर्जेन्सी सेवा त सबैलाई नि:शुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त.. हामीले गर्न नसकेको की नचाहेको हो ? हामीलाई प्रश्न उठ्नसक्छ’ उनले प्रश्न गरे ।

मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने टिप्पणी गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्