Shikhar Insurance
National Life

मन्त्री गुरुङ भन्छन्- ‘अघिल्लो सरकारले आइटी दशक घोषणा गर्‍यो तर बजेट छुट्याएन’

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताएका छन् । बिहिबार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट—२०२४ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शुन्य रहेको बताउँदै कृषिमा प्रविधिको दशक शुरु भएको घोषण गरेको तर बजेट शुन्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताए । मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताउँदै त्यसको लागि विशेष व्यवसथा गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहन्छ । यो अहिलेसम्म गफै हो । लोकरिझ्याईंको लागि बोलेको कुरा मात्रै हो । आइटी दशक शुरु भयो भने पोलिसीमा बोल्छ हाम्रो सरकार तर आइटी दशक शुरु भएको आइटी क्षेत्रको बजेट शुन्य छ ।’

‘कृषिमा प्रविधिको दशक शुरु भयो भन्छ, कृषि मन्त्रालयको बजेट दुई, तीन अर्ब नै घटिरहेको छ । भन्ने एउटा कुरा र गर्ने अर्को कुरा । त्यसैले नेपालमा प्रतिफल नआएको हो । युवाहरु विश्वास नलागेर भागिरहेका हुन् । डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्ने भनेर सरकारले पोलिसीमा भन्यो । त्यसमा एक पैसा पनि बजेट छैन । अर्थमन्त्रालयसँग ज्युहजुर गर्नुपर्ने होला, प्रधानमन्त्रीलाई कन्भिन्स गर्नुपर्ने होला तर यो कार्यक्रम त लागू गर्नुपर्‍यो’ उनले बताए ।

मन्त्री गुरुङले २०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्