Shikhar Insurance
National Life

मौद्रिक नीति सुधारको हल्लाले बजारमा उत्साह, ७२.०८ अंकले बढ्यो बजार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार २०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर लगानीकर्ताहरुका लागि उत्साहित रहेको यो साता बजार ७२.०८ अंकले बढेर २७४८.३१ को बिन्दूमा पुगको छ । ४७ अर्ब १७ करोड ८३ लाख ७९ हजार ८ सय ८४ रुपैयाँमा १० करोड ८ लाख ४१ हजार २ सय १३ कित्ता सेयर किनबेच भएको छ । गत साता जम्मा दुई दिन मात्रै कारोबार भएको बजारमा नकारात्म प्रभाव देखिएपनि यो साता भने बजारले आफ्नो लय कायम राख्न सफल भएको हो ।

नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौंद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा पुँजी बजार मैत्री आउने हल्ला चलेकोले यो साता सेयर कारोबारी उत्साहीत देखिएका छन् । बैंकमा लगानी योग्य रकमको प्रचुरता, घट्दो ब्याजदर, तथा लचिलो मौद्रिक नीति समीक्षाको हल्लाले यो साताको सेयर बजारमा असर परेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो साता मंगलबार र बुधबार सेयर बजारमा सामान्य करेक्सन देखिएको भएपनि समग्रमा भने बजारले सकारात्मक दिसा लिन सफल भएको छ ।

यस्तो छ साताको सेयर बजार

साताको पहिलो कारोबार दिन अर्थात् कात्तिक २५ गते सेयर बजार ६२.५४ अंकले बढेर २७३८.०६ मा पुगेर बजार बन्द भएको थियो। आइतबार ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबारको कारोबार भएको थियो । सो दिन २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने सानिमा ग्रोथ फण्डको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात् कात्तिक २६ गते सोमबार सेयर बजार २२.१४ अंकले बढेर २७६०.२१ मा पुगेको थियो ।

सोमबार ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँ बराबारको कारोबार भएको थियो । सो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९२ कम्पनीको सेयर मूल्य घटेको थियो भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सोमबार ७ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात् कात्तिक २७ गते मंगलबार सेयर बजारमा करेक्सन देखा परेको थियो । सो दिन बजार ११.२४ अंकले घटेर २७४८.९६ मा पुगेरको थियो ।

मंगलबार ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबारको कारोबार भएको थियो । सो दिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको थियो भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने गुडविल फाइनान्सको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको थियो ।

साताको चौथो कारोबार दिन अर्थात् कात्तिक २८ गते समेत बजार ओरालो नै लागेको थियो । सो दिन बजार १४.१२ अंकले घटेर २७३४.८३ अंकमा झरेको थियो ।

बुधबार ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन ९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको थियो भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात् कात्तिक २९ गते भने बजार सामान्य अंकले बढेको छ । बिहीबार बजार १३.४८ अंकले बढेर २७४८.३१ को बिन्दुमा पुगेको छ ।

बिहीबार ३२१ कम्पनीको कारोबार हुँदा २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । बिहीबार १५९ कम्पनीको सेयर मूलय बढ्दा ७९ कम्पनीको सेयर मुल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, सो दिन ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जिको सेयर मूलय ९.१२ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्