काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १३.४८ अंकले बढेर २७४८.३१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३२१ कम्पनीको कारोबार हुँदा २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड २४ लाख ९९ हजार बढीको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ८४ कित्ता ९० पैसा पुगेको छ ।
बिहीबार १५९ कम्पनीको सेयर मूलय बढ्दा ७९ कम्पनीको सेयर मुल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बिहीबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रावा इनर्जिको सेयर मूलय ९.१२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्