काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले पहिलो त्रैमाससम्ममा ६ करोड १० लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत आवको सोही अवधिको तुलनामा १९.४९ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।
समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने २२ करोड ४७ लाख ८१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
चालु आवको प्रथम त्रैमासमा कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ३५ करोड २ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ, पीई रेसियो ७७.३० रुपैयाँ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्