Shikhar Insurance
National Life

जुम्लामा नि: शुल्क कान शिविर, २ सय ५९ जना लाभान्वित

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १२:२५
Hyundai
NCELL
NIMB

जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय ५९ जना लाभान्वित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष र एक सय २३ जना महिलाले सेवा लिएका सिंजा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा यहाँका स्थानीयवासी खुसी भएका सिंजा गाउँपालिका–३ की नुन्नु उपाध्यायले बताए । पालिकाले अन्य स्थानमा पनि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्