काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष बन्न तीन जनालाई छनोट समितिले फेरी बोलाएको छ । अध्यक्ष सिफारिस समितिले कात्तिक २८ गते निर्णय गर्दै पुन: अन्तर्वार्ताको मिति तय गरेको हो ।
अर्थ मन्त्रालयले बिहिबार सूचना जारी गर्दै मंसिर ९ गते आइतबार ८ बजे अन्तर्वार्ताका लागि बोलाएको हो ।
मन्त्रालयको सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरु मध्ये संक्षिप्त सूचीमा समावेश भएका देहाय बमोजिमका आवेदकहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि देहायको मिति, स्थान र समयमा उपस्थित हुन नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको मिति २०८१/०७/२८ को निर्णयअनुसार यो सूचना प्रकाशन गरिएको छ ।’
अध्यक्ष सिफारिस समितिले सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठसँग अन्तर्वार्ता लिइसकेको छ । यस्तै, कृष्ण बहादुर कार्की,चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीसँग भने अन्तर्वार्ता लिन बाँकी छ । यसअघि पटक-पटक अन्तर्वार्ता बोलाए पनि कहिले अन्तर्वार्ता दिने र कहिले अन्तर्वार्ता लिने व्यक्ति उपस्थित नहुँदा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्