Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तको बाँडफाँट मिति तय,

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटका लागि मिति तय भएको छ । कम्पनीले कात्तिक १२ गते देखि २० गतेसम्म एफपिओ निष्कासन गरेको थियो । सोही एफपिओ कात्तिक ३० गते शुक्रबार बाँडफाँट हुने जानकारी दिएको छ ।

उक्तएफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ । कम्पनीको एफपिओमा १४ लाख ४२ हजार ४२० जनाको आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको एफपिओ भने ३५ हजार ९० जनाले मात्रै १०–१० कित्ताका दरले पाउने छन् । १४ लाखको भने हात खाली हुनेछ ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४।२५ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्