Shikhar Insurance
National Life

८ करोड लगानीमा त्रिशुलीमा बन्यो ३५ मेट्रिक टन भारवहन क्षमताको पक्की पुल

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार ११:००
Hyundai
NCELL
NIMB

नुवाकोट । नुवाकोटको त्रिशुली नदीमा नयाँ पक्की पुल निर्माण भएको छ । विसंं २०२० मा ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा ८ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको ८ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्