Shikhar Insurance
National Life

सर्वोत्तमले २० प्रतिशत लाभांश बाँड्दै, आईपीओ कहिले ?

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको विशेषा साधारणसभा अहिले ११ बजे बस्दैछ जसले २० प्रतिशत लाभांश पारित गर्दैछ ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश पारित गर्न लागेको हो ।

जसअनुसार कम्पनीले आव २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको १९.११८ प्रतिशत बराबरको ६५ करोड बोनस सेयर र कर प्रयोजन सहित ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद सहित कुल ६८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले चाँडै बुक बिल्डिङ प्रणालीबाट सर्वसाधारणमा आईपीओ जारी गर्दैछ ।

बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्काशन गर्न सिमेन्टले औपचारिक प्रक्रिया अघि बढाइसकेको छ ।

सर्वोत्तमको आईपीओ निष्काशनको जिम्मा ग्लोबल आईएमई क्यापिटल र सहायक कम्पनीहरुमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटलले लिएका छन् । कम्पनीलाई इक्रा नेपालले बीबीबी प्लस रेटिङ दिएको छ, जसले कम्पनीको अवस्था औसत भन्दा राम्रो रहेछ जनाउँछ ।
सर्वोत्तम सिमेन्टले नेपालको सार्वजनिक निष्काशन इतिहासमा पहिलो पटक बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता सेयर निष्काशन गर्दैछ । कुल निष्काशनमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता छुट्याइएको छ । कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणका लागि भने २८ लाख कित्ता छुट्याइएको छ ।

कम्पनीले संस्थागत तर्फका लगानीकर्तालाई प्रतिसेयर मूल्य ७५० रुपैयाँ प्रस्ताव गरेको थियो । सर्वोत्तम सिमेन्टको विगत तीन वर्षदेखिको प्रति सेयर आम्दानी ५२ रुपैयाँ छ भने आगामी तीन वर्षसम्म त्यस्तो आम्दानी ४५ रुपैयाँ माथि हुने प्रक्षेपण गरिएको छ सर्वोत्तमले बार्षिक औषत एक अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएको छ ।

वि.सं. २०७१ सालबाट क्लिंकर उत्पादन सुरु गरेको उद्योगले २०७३ सालमा सिमेन्टको उत्पादन थालेको हो ।

२०७६ साउन महिनाबाट कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीको उत्पादन क्षमता प्रति दिन ३ हजार टन क्लिनकर तथा २८ हजार बोरा सिमेन्ट रहेको छ । २०७७ माघबाट भने क्षमता वृद्धि भई ६० हजार बोरा प्रति दिन पुगेको छ ।
कम्पनीले ५ सय भन्दा बढी कामदारलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ भने देशभर ६ सय भन्दा बढी व्यावसायिक डिलर संजाल रहेको छ । कम्पनीले आगामी ३ वर्ष सम्मको आयकरमा ५० प्रतिशत छुट पाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रियामा ढिलाइ भएको छ । असार मसान्तभित्रै आईपीओ आउने सम्भावना अहिलेलाई टरेको छ ।

आईपीओबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गरी सतप्रतिशत ऋणमुक्त हुने, बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने र यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने प्रक्षेपण गरिएको कम्पनीको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्