काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारको निर्देशन अनुसार लाइन जोडेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले १५ दिनभित्र बाँकी बक्यौता महशुल नदिने उद्योग विरुद्ध प्राधिकरण आफ्नै तरिकारले लाग्ने बताएका हुन् ।
उनले भने ‘हामी हाम्रो नियम अनुसार अगाडि बड्ने छौ । यदी १५ दिन भित्रमा समेत पैसा नतिरे यस्को जिम्मा सरकारले समेत लिनु पर्छ । ’ विद्युत प्रधिकरणले औद्योगिक वातावरण बिगारेको छैन । पैसा नतिरेर मात्रै लाईन काटेको हो उनले बताए । प्राधिकरण सुरुदेखीनै औद्योगिक वाताबरणको पक्षमा नै छ । हामिले बाकी हुँदा समेत थप लोड स्वीकृत गरेका छौँ ।
हामिले जैलेपनी उद्योगलाई सहयोग गरेका छौँ । नेपालमा ग्रहस्थ भन्दा उद्योगको बिजुली सस्तो छ । यो सन्सारमै नेपालमा मत्रै हो । तर यो कुरामा राजनिती भयो । यो विषयमा ट्याबो क्रेट भयो । हामीलाई इमोस्नल ब्याकमेल भयो । सरकारले उद्योगीलार्इ हेर्नु पर्छ तर उद्योगले समेत शुल्क तिर्नुपर्छ । हामीले १८ घन्टाको लोडसेडिङमा समेत उद्योगलाई बिजुलि दिएकै हो । तर उद्योगले पटक पटक अवसर दिदासमित पैसा नतिरेर समस्या आयो ।
उनले भने ‘ठुला घरानाको पैसा उठाउन नसक्ने तर हजार नतिर्नेको बिजुली काटिदा हाम्रो कर्मचारीले पिटाइ खाएका छन । यस्ले प्राधिकरणको वित्तीय अवस्था नाजुक बन्दै गएको छ ।’ यस्ले प्रसारण वितरण बिस्तारमा समस्या आएको छ । हामी वित्तीय सन्क्कुचनमा जाँदै छौँ । हामी सरकारी कर र ब्याज तिर्न समेत नसक्ने अवस्थामा पुग्न सक्छौ । नेपाल सरकार र सम्बन्धित निकायले ध्यान दिनु पर्छ । यस्ले नेपाली हाइड्रोपावरमा समस्या आउँछ । बैक डिफन्टर हुन्छ र नेपाली अर्थतन्त्र धरापमा पर्छ ।’
हामीले डेलिकेटेड र ट्रङ लाइनको सहि बिल गरेका छौँ । जसलाई अदालतले समेत प्रमाणित गरेको छ । नियमन आयोगले समेत हामिले गरेको बिल अनुसार पैसा उठाउन भनेको छ । सबैले हामिले गरेको बिल सहि छ भनेर भनेका छन अब उधोगले पैसा तिर्नु पर्छ । हामिले पठाएको बिल अनुसार १५ दिन भित्र पैसा तिर्नु पर्छ र तिर्नु हुन्छ । यो परिवर्तन हामिले गर्न सक्दैनौं ।
प्रतिक्रिया दिनुहोस्