Shikhar Insurance
National Life

नागरिक लगानी कोषको खुद नाफा ३० करोड माथि, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २८, बुधबार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण  अनुसार ३० करोड ९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कोषले गत आवको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत अर्थात ३ करोड ६० लाख ८६ हजार रुपैयाँले बढी नाफा आर्जन गरेको हो ।

कोषले गत वर्षको सोही अवधिमा २६ करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ३ महिनामा कोषको कुल आम्दानी ५१ करोड ७० लाख १३ हजार रुपैयाँ रहेको छ भने गत वर्ष कोषको कुल आम्दानी ४५ करोड ९१ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, कम्पनीको ब्याज आम्दानी भने ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख २१ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको ब्याज आम्दानी १२ करोड ४५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

कोषको चुक्तापुँजी ६ अर्ब ५ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ जम्मा रहेको छ । कोषको खुद स्थिर सम्पत्ति २ अर्ब ३३ करोड ६६ लाख १८ हजार रुपैयाँ र खुद कोष मौज्दात २ खर्ब ६१ अर्ब २६ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेकोे छ ।

३ महिनामा कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ र कस्ट अफ फण्ड ६.३८ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्